काठमाडौँ, १४ जेठ । आज देशैभर मेघनर्गनसहित वर्षा हुने सम्भावना रहेकोले सतर्क रहन मौसम पूर्वानुमान शाखाले अनुरोध गरेको छ । हिजो रातिदेखि नै परिरहेको पानी दिनभर नरोकिने, देशका धेरै स्थानमा मेघगर्जन, चट्याङ र हावाहुरीसहित वर्षा हुने सम्भावना रहेकोले सर्तक रहन आग्रह गरिएको हो ।
महाशाखाका अनुसार दिनभर पानी पर्ने क्रम जारी रहनेछ र प्रदेश–१, प्रदेश–२, वाग्मती, गण्डकी र लुम्बिनी प्रदेशका केही स्थानमा निकै ठूलो वर्षा हुने र हावाहुरी समेत आउने सम्भावना छ । आज देशभर सामान्यदेखि पूर्ण बदली रही धेरै स्थानमा मेघगर्जन, चट्याङ र हावाहुरीसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको पनि महाशाले जनाएको छ ।
उच्च हिमाली भूभागमा हल्कादेखि मध्यम हिमपात–वर्षा तथा उच्च बेगको हावाहुरी समेत आउनसक्ने सम्भावना रहेकोले केही दिन पर्वतारोहण गर्नु ज्यानकै खतरा हुने भन्दै यस अवधिमा नगर्न र नगराउनु अनुरोध गरिएको छ ।
बङ्गालको खाडीबाट सुरु भएको ‘यास’ नामको चत्रवातले भारत र बङ्गलादेशमा ठूलो विध्वंस मच्चाउँदै नेपालमा पसेको केही दिनमै नेपालमा पनि यसले ठूलो असर देखाइसकेको छ ।