विराटनगर, १३ जेठ । विपन्नका लागि ‘स्वास्थ्य कार्यक्रम’ अवधारणा राम्रो भएको नेपाल चेम्बर अफ कमर्शले बताएको छ । सामाजिक विकास मन्त्री उषाकला राईले भेटी चेम्बर अफ कमर्शको प्रदेश र जिल्ला समितिको प्रतिनिधि मण्डलले प्रदेश १ सरकारले ल्याउन लागेको विपन्नका लागि ‘स्वास्थ्य कार्यक्रम’ को अवधारणा राम्रो रहेको बताएको हो ।
चेम्बर अफ कमर्शका प्रदेश १ अध्यक्ष सुरेशमान श्रेष्ठले अवधारणा राम्रो भए पनि चुनौती पूर्ण रहेको बताउनुभयो । उहाँले विपन्नका लागि ‘स्वास्थ्य कार्यक्रम’बारे लक्षित वर्ग समक्ष जानकारी दिन आवश्यक रहेको बताउनुभयो । उहाँले भन्नुभयो,‘ स्वास्थ्य बिमा पनि लक्षित वर्गमा पुग्न सकेन ।’ स्वास्थ्य बिमाको लाभ हुनेखानेहरूले मात्र लिइरहेको बताउनुभयो । उहाँलाई मन्त्री राईलाई सूचीकरण गरेर कार्यक्रम गर्दा राम्रो हुने सुझाव दिनुभयो ।
अध्यक्ष श्रेष्ठले कार्यक्रमको प्रचार प्रसारका लागि सामाजिक संघ संस्थाहरूसँग सहकार्य गर्नुपर्नेमा जोड दिनुभयो । चेम्बर अफ कमर्श विराटनगरका कार्यवाहक अध्यक्ष सुरेन्द्र गोल्छाले विपन्न वर्गले थाहा पाउने गरिएको एप्स निर्माण गर्नुपर्नेमा जोड दिनुभयो । उहाँले एप्स निर्माणमा सहकार्य गर्न तयार रहेको बताउनुभयो । कार्यक्रम राम्रो रहेको बताउनुभयो ।
उहाँले प्रदेश सरकारले स्थानीय उद्योगलाई पनि प्रवर्द्धन विपन्नलाई निःशुल्क स्वास्थ्य सेवा दिने गरी प्रदेशवासीबाट सहयोग संकलन गरी उपचार कोष निर्माणको अवधारणा अघि सारिएको सामाजिक विकास मन्त्री राईले बताउनुभयो । उहाँले लक्षित वर्गले थाहा पाउने गरी कार्यक्रम सञ्चालन हुने जानकारी दिनुभयो ।
अभियानमा प्रदेश १ का कुनै पनि नागरिक नछुटुन् भनेर न्यूनतम १० रुपैयाँदेखि अधिकतम जति पनि कोषमा राख्न सकिने गरिएको अवधारणा तय गरिएको मन्त्री राईले बताउनुभयो । गरिब जनता स्वास्थ्य सेवाबाट वञ्चित हुनु नपरोस् भनेर अवधारणा ल्याइएको उहाँले बताउनुभयो ।