काठमाडौँ, १३ जेठ । संविधानविद् डा. भीमार्जुन आचार्यले प्रधानमन्त्री र राष्ट्रपतिबाट भएको संसद् विघटन गरेर ठूलो अपराध भएको बताएका छन् । सभामुख अग्निप्रसाद सापकोटाले संसद् विघटनपछिको अवस्थाका विषयमा संविधानविदहरुसँग गरेको छलफलमा डा. आचार्यले यस्तो बताएका हुन् ।
संविधानविद् आचार्यले यसलाई मान्छे मारेको भन्दा पनि ठूलो अपराधको रुपमा लिएको बताएका छन् ।उनले भनेका छन् ‘मान्छे मारेको भन्दा ठूलो अपराध हो यो । प्रधानमन्त्री र राष्ट्रपतिबाट यस्तो जघन्य अपराध हुँदा पनि संसद् मूकदर्शक भयो ।’ उनले प्रधानमन्त्रीको यो कदमलाई संसदले रोक्न नसक्नु भनेर संसद् कमजोर हुनु हो भन्ने विचार राखेका छन् ।
प्रतिनिधि सभाका सभामुख अग्निप्रसाद सापकोटाले संसद् विघटन पछिको अवस्थाको बारेमा संविधानविद्हरूसँग परामर्श गरेका छन् । यसअघि सापकोटाले पूर्वसभामुखहरूसँग परामर्श लिएका थिए ।