एमालेको सुदूरपश्चिमका तीन मन्त्रीलाई २४ घण्टे स्पष्टीकरण


धनगढी, १३ जेठ । नेकपा एमालेले सुदूरपश्चिम प्रदेश सरकारमा सहभागी तीन मन्त्रीलाई २४ घण्टे स्पष्टीकरण सोधेको छ ।पार्टीको निर्देशनलाई अटेर गरे पछि प्रदेश कमिटीका अध्यक्ष कर्णबहादुर थापा र सचिव राजेन्द्रसिंह रावलले सरकारबाट हट्न नमानेका तीन मन्त्रीलाई स्पष्टीकरण सोधेका हुन् ।

माओवादी केन्द्रको कोटाबाट मूख्यमन्त्री बनेका मुख्यमन्त्री त्रिलोचन भट्ट नेतृत्वको प्रदेश सरकारमा एमालेका तर्फबाट प्रकाशबहादुर शाह आन्तरिक मामिला तथा कानुन मन्त्री, कृष्णराज सुवेदी सामाजिक विकास मन्त्री र माया भट्ट उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्री छन् । 

खनाल–नेपाल समूहमा रहेका तीनै जनाले पाटीको निर्देशनको अवज्ञा गर्दै सरकारबाट नहट्ने अडान लिँदै आएका छन् । सोमबार बालुवाटारमा बसेको स्थायी कमिटी बैठकले सरकारको समर्थन फिर्ता लिन निर्देशन दिएको थियो । तर उक्त निर्णयको उलङ्घन गर्दै संसदीय दलको बैठकले समर्थन निरन्तरता दिने निर्णय गरेको थियो ।

प्रतिक्रिया दिनुहोस्