संसद् विघटनविरुद्धका रिटमाथि बहस आज देखि


काठमाडौँ, १३ जेठ । संसद् विघटनविरुद्ध परेका रिटमाथि आज देखि बहस हुँदै छ । संसद् विघटनविरुद्ध परेका १९ वटै रिटको सुनुवाइ प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराकै बेच्चमा हुने भएको छ । 

संवैधानिक इजलासमा सुनुवाइको माग नगरिएका रिट माथि आज र बाँकी ११ वटा रिटको सुनुवाइ भोलि अर्थात् शुक्रवार संवैधानिक इजलासमा हुने भएको हो । प्रतिनिधि सभा विघटनको निर्णय असंवैधानिक भएको भन्दै अन्तरिम आदेशमार्फत निर्णय कार्यान्वयन रोक्नुपर्ने माग गरिएका रिटको सुनुवाइ आज  हुने छ ।

संवैधानिक इजलासमा जाने ११ वटा रिटको सुनुवाइ भने भोलिदेखि हुने अदालतले जनाएको छ ।३० वटा रिटमध्ये २६ वटा प्रतिनिधि सभा विघटनको विपक्षमा अर्थात् प्रधानमन्त्री र राष्ट्रपति कार्यालयलाई विपक्षी बनाएर दर्ता गरिएको, चार वटा भने प्रधानमन्त्रीको कदम ठिक भएको र चुनाव हुनुपर्ने माग गर्दै दर्ता भएका छन् ।

गत जेठ ७ गते मन्त्रिपरिषद्को सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले संसद् विघटन गरी आगामी कात्तिक २६ र मङ्सिर ३ गते निर्वाचनको मिति तोके पछि संसद् विघटन असंवैधानिक भएको जिकिर गर्दै र धारा ७६ (५) अनुसार शेरबहादुर देउवालाई प्रधानमन्त्री नियुक्त गर्नुपर्ने माग गर्दै विपक्षी गठबन्धनका १४६ जना सांसदले पनि सर्वोच्च अदालतमा रिट दर्ता गरेका छन् । 

प्रतिक्रिया दिनुहोस्