हाँस्य कलाकार आदर्शको कारुणिक भिडियो : देशको समग्र प्रणालीमै प्रश्न (भिडियो सहित)


काठमाडौँ, १३ जेठ । हाँस्य कलाकार आदर्श मिश्राले आफ्नो बुबाको मृत्युको कारण अस्पताल जिम्मेवार भएको आरोप लगाएका छन् । मिश्रले एक भिडियो सार्वजनिक गर्दै वीरगञ्जमा अवस्थित नेसनल मेडिकल कलेज, भरतपुर अस्पताल चितवन र नारायणी सामुदायिक अस्पताललाई जिम्मेवार ठहराएका हुन । 

आदर्शका अनुसार मिर्गौलाका बिरामी बुबा विनोद मिश्राको वीरगञ्जमा डायग्नोसिस गरिरहेका थिए । मिर्गौला प्रत्यारोपणको लागि तयारी गर्दै गरेको बुबाको मृत्यु अस्पतालको लापरबाहीले भएको उनले आरोप लगाएका छन् । भिडियोमा डायग्नोसिस गर्ने उपकरण पुरानो भएको कारण र अस्पतालले नै  डायग्नोसिस रोके पछि बुबाको निधन भएको बताएका छन् ।

उनले देशको स्वास्थ्य प्रणाली नै ठिक नभएको बताएका छन् । उनले देशको समग्र प्रणालीमा नै प्रश्न उठाएका छन् । प्रधानमन्त्री केपी ओलीलाई भारतको विरोध गरेर मात्र चुनाव जितेको भन्न समेत पछि परेनन्।

प्रतिक्रिया दिनुहोस्