नेपालमा ‘यास’ चक्रवातको प्रभावले शनिबारसम्म ठूलो पानी पर्ने


काठमाडौँ, १३ जेठ । नेपालमा ‘यास’ चक्रवातको प्रभावले शनिबारसम्म ठूलो पानी पर्ने भन्दै सतर्क रहन भनिएको छ ।

 बङ्गालको खाडीमा रहेको ‘यास’ नामको चत्रवातले भारत र बङ्गलादेशमा ठूलो विध्वंस मच्चाउँदै नेपालमा पसेको केही दिनमै नेपालमा पनि यसको प्रभाव सुरु भएको छ ।

यस शक्तिशाली ‘यास’ चक्रवातको कारणले केही दिनयता नेपालमा वर्षा र हिमपात भइरहेकोले सतर्क रहन भनिएको छ ।मौसम पूर्वानुमान महाशाखाले दिएको जानकारी अनुसार यसको प्रभाव नेपालमा कम्तीमा शनिबारसम्म जारी रहने छ । चक्रबातको प्रभावका कारण काठमाडौँ उपत्यकासहित देशका विभिन्न स्थानमा बुधवार रातिदेखि नै वर्षा भइरहेको छ ।

यसबिच कतिपय स्थानमा भारी वर्षा समेत भएको महाशाखाकी मौसमविद् मञ्जु बासीले बताएकी छिन् ।यासको प्रभाव अझै केही दिन रहँदा हिमपातको क्रम जारी रहने देखिएकाले होसियारी अपनाउन मौसमविद्ले आग्रह गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्