काठमाडौँ, १२ जेठ । राष्ट्रपति विद्यादेवी भण्डारीले कोरोनाविरुद्धको खोप उपलब्ध गराई दिन आग्रह गर्दै भारतीय समकक्षी रामनाथ कोविन्दलाई पत्राचार गरेकी छिन् ।
राष्ट्रपति कार्यालय स्रोतका अनुसार राष्ट्रपतिले कोरोनाविरुद्धको खोप उपलब्ध गराउन पहल गरिदिन भारतीय राष्ट्रपति कोविन्दलाई आग्रह गरिएको छ ।राष्ट्रपतिद्वारा लेखिएको पत्रमा यसअघि अनुदानमा खोप उपलब्ध गराएकोमा भारत सरकार तथा भारतीय जनताप्रति आभारसमेत व्यक्त गरिएको छ ।
राष्ट्रपतिले भारतमा फैलिएको कोरोना महामारीप्रति दुःखसमेत व्यक्त गरेकी छिन् ।राष्ट्रपति कार्यालयका संचारविज्ञ टीका ढकालका अनुसार भारतीय समकक्षीलाई उक्त पत्र पठाउनका लागि राष्ट्रपति कार्यालयले परराष्ट्र मन्त्रालयलाई सम्पर्क गरेको तर पत्र गए नगएको जानकारी बताएका छन् ।