बेलबारी, १२ जेठ । मोरङको बेलबारीमा बाबुको मृत्युपछि कोरामा बसेका छोराको मृत्यु भएको छ । बेलबारी नगरपालिका वार्ड नं २ लालभित्तीमा केही दिनअघि मृत्यु भएका बाबुको कोरामा बसेकै समयमा रङ्गलाल दुलालको मृत्यु भएको हो ।
अचानक स्वास्थ्यमा समस्या आएपछि मंगलबार राति अस्पताल लगिएको थियो । तर समयमा कुनै अस्पतालले बिरामी नलिएपछि उनको मृत्यु भएको पारिवारिक श्रोतले जनाएको छ । प्रेसरको औषधि सेवन गरिरहेको, औषधिको सेवन तथा खानामा अनियमितताका कारणले मृत्यु भएको बताइए पनि मृत्युको वास्तविक कारण भन्ने खुल्न सकेको छैन ।
स्वास्थ्यमा समस्या भएपछि राति परिवारका सदस्यले एम्बुलेन्स मार्फत विराटनगर पठाइएको भए पनि कुनै अस्पतालले भर्ना नलिएपछि उनको मृत्यु भएको बेलबारी नगरपालिकाका फोकल पर्सन सन्तोष विश्वकर्माले जानकारी दिएका छन् । ६१ वर्षीय मृतकका श्रीमती २ छोरा र १ छोरी रहेका छन् ।
आज बाबुको ११ औँ को प्रक्रिया सकेर छोराको सद्गति गरिने पारिवारिक श्रोतले जनाएको छ । यसरी उपचार नपाएर एउटा नागरिकको मृत्यु हुनुलाई स्थानीयले भने दुखद रूपमा लिएका छन् ।