काठमाडौँ, ११ जेठ । सर्वोच्च अदालतले प्रतिनिधि सभा विघटनविरुद्ध परेका रिटमा पेसी तोकेको छ । काँग्रेससहित पाँच दलद्वारा प्रतिनिधिसभा विघटनविरुद्ध अन्तरिम आदेशको माग गरी पेस भएका रिटमा पेसी तोकेको हो ।
प्रतिनिधिसभा विघटनका विरुद्ध सर्वोच्च अदालतमा ३० वटा रिट दायर भएका छन् । अन्तरिम आदेश गरिएका १९ रिटको सुनुवाइ जेठ १३ गते बिहीबार र संवैधानिक बेञ्चमा सुनुवाइको माग गरिएका ११ रिटको सुनुवाइ जेठ १४ गते शुक्रवार हुने भएको छ ।
सोमबार मात्र काँग्रेसहित पाँच दलले संसद् पुनःस्थापनाको माग गर्दै सर्वोच्च अदालतमा रिट दर्ता गरिएका थिए । रिट दर्ताका लागि पाँचै दलका शीर्ष नेतासहित १४६ सांसद अदालतमा उपस्थित भएका थिए ।
रिटमा संसद् विघटन खारेजी गरी नेपालको संविधानको धारा ७६ (५) बमोजिम नेपाली देउवालाई प्रधानमन्त्रीमा नियुक्त गर्न माग गरिएको छ ।