इटहरीका उपप्रमुख गौतम, पौष्टिक खानासहित सुत्केरी भेट अभियानमा


सुनसरी, ११ जेठ । इटहरी उपमहानगरपालिकामा उपमेयर सुत्केरी भेट कार्यक्रम प्रभावकारी देखिएको छ । इटहरी अस्पतालमा सुत्केरी गराएका महिलालाई उपमेयर लक्ष्मी गौतमले पौष्टिक खाना सहित घरमै पुगेर भेटघाट गर्ने कार्यक्रम सुत्केरी भेट कार्यक्रम हो । 

उपमेयर गौतमले हिजो मात्र १० जना सुत्केरीलाई घरमै पुगेर भेट गर्नुभएको छ । दैनिक ज्यालादारी गरेर गरेर जीविकोपार्जन गर्ने परिवारमा वन्दवन्दिले जटिलता भइरहेको वेला पौष्टिक खाना सहित उपमेयर घरमै आइपुग्दा सुत्केरीहरू खुशि भएका छन् । 

सुत्केरीहरूले इटहरी अस्पतालमा सुत्केरी गराएकाहरूको घरमा उपमेयर आउनुहुन्छ भन्ने सुनेका थियौँ कहिले आउनुहोला भनेर बाटो कुरेर बसेको प्रतिक्रिया दिएको उपमेयर गौतमले जनाउनुभयो । उपमेयर सुत्केरी भेटघाट कार्यक्रमको प्रभावले इटहरी अस्पतालमा सुत्केरी गराउनेहरूको संख्या समेत बढेको छ ।

प्रतिक्रिया दिनुहोस्