एम्बुलेन्सबाटै गाँजा तस्करी हुने गरेको तथ्य सार्वजनिक


सुनसरी, ११ जेठ । बिरामी बोक्ने एम्बुलेन्सबाट गाँजा तस्करी हुने गरेको तथ्य बाहिर बाहिर आएको छ । सुनसरीमा एम्बुलेन्समा गाँजा लुकाएर ल्याइरहेको अवस्थामा एम्बुलेन्स पक्राउ परेपछि सो तथ्य सार्वजनिक भएको छ । 

प्रहरीले भेडेटारबाट धरानतर्फ आउँदै गरेको को १ च ५५५९ नम्बरको एम्बुलेन्सलाई जाँच गर्ने क्रममा एम्बुलेन्स पछाडिको भागमा झोलामा लुकाइराखेको अवस्थामा १०० किलो गाँजासहित दुई जनालाई पक्राउ गरेको छ ।

प्रहरीका अनुसार पक्राउ पर्नेहरूमा एम्बुलेन्स चालक धरान उपमहानगरपालिका–१५ बस्ने ३६ वर्षीय बलबहादुर लिम्बू र धरान–११ बस्ने धनकुटा सहिदभूमि गाउँपालिका–१ घर भएका २८ वर्षीय पोषण राई रहेका छन् ।प्रहरीले घटनाको अनुसन्धान भइरहेको जनाएको छ । 

प्रतिक्रिया दिनुहोस्