सभामुख सापकोटाद्वारा पूर्वसभामुखहररूसँग छलफल सुरु


 काठमाडौँ, ११ जेठ । देशको पछिल्लो अवस्थाबारे छलफल गर्न सभामुख अग्नि सापकोटाले पूर्व सभामुखहरूसँग छलफल सुरु गरेका छन् ।

 प्रतिनिधिसभा विघटनपछिको पछिल्लो अवस्थाबारे छलफल गर्न प्रतिनिधि सभाका सभामुख अग्नि सापकोटाले पूर्व सभामुखहरूसँग छलफल सुरु गरेका हुन् । 

सिंहदरबारस्थित सभामुखको कार्यकक्षमा पूर्व सभामुखहरूसँग छलफल कार्यक्रम राखेको खबर आएको पूर्व सभामुख कृष्णबहादुर महराले जानकारी दिएका छन् ।

 मुलुकको समसामयिक अवस्थाबारे सभामुख सापकोटाले पूर्व सभामुखहरूसँग छलफल गर्न लागेको उनका प्रेस सल्लाहकार श्रीधर न्यौपानेले बताए । 

सरकारको सिफारिसमा राष्ट्रपतिबाट जेठ ८ गते राति प्रतिनिधिसभा विघटन गरेर मध्यावधि निर्वाचनको घोषण गरे पछि यस कदमको विरुद्धमा प्रतिपक्षी दलले सर्वोच्च अदालतमा रिट दायर गरिसकेका छन् । सरकार गठन गर्ने आधार रहँदा रहँदै संसद्को विघटन गर्नु असंवैधानिक रहेको भन्दै सापकोटाले जेठ ८ गते विज्ञप्ति नै जारी गरेर उक्त कदमको विरोध जनाएका थिए ।

प्रतिक्रिया दिनुहोस्