मोरङमा थपियो एकहप्ता निषेधाज्ञा : थप कडाइ गर्ने


मोरङ, ११ जेठ । मोरङमा एकहप्ताका लागि निषेधाज्ञा थपिएको छ । कोरोना सङ्क्रमणको जोखिम झन् झन् बढ्दै गए पछि जिल्ला प्रशासन कार्यालय मोरङले एकहप्ताका लागि निषेधाज्ञा थप गर्ने निर्णय गरेको हो ।

यसअघि लागू भएको निषेधाज्ञा मङ्गलबारबाट सकिँदै लाग्दा सोमबार बसेको जिल्ला स्तरीय कोरोना सङ्क्रमण व्यवस्थापन समितिको बैठकले मङ्गलबारबाट लागु हुनेगरि सात दिन निषेधाज्ञा थप्ने निर्णय गरेको हो ।

निषेधाज्ञा जेठ १७ गतेसम्म रहने मोरङका प्रमुख जिल्ला अधिकारी कोषहरि निरौलाले जानकारी दिए । निषेधाज्ञालाई थप कढाइगर्नेसमेत प्रमुख जिल्ला अधिकारी निरौलाले बताए । जिल्ला प्रशासन कार्यालय मोरङले वैशाख २४ गतेदेखि लगाएको निषेधाज्ञालाई पटक पटक थप्दै आएको छ । 

प्रतिक्रिया दिनुहोस्