एमालेले निष्कासन गर्‍यो माधव नेपाल र झलनाथ खनालसहित ११ नेतालाई


काठमाडौँ, १० जेठ । नेकपा एमालेले माधवकुमार नेपाल र झलनाथ खनालसहित ११ सांसदलाई निष्कासन गरेको छ । प्रधानमन्त्री निवास बालुवाटारमा आज बसेको स्थायी कमिटी बैठकले नेपाल र खनालसहित ११ जना नेतालाई पार्टीबाट निस्कासन गरेको हो । 

निस्कासनमा पर्नेहरूमा नेपाल र खनालसँगै भीम रावल, मुकुन्द न्यौपाने, रामकुमारी झाँक्री, सरला यादव, पुष्पा कर्ण, कलिला खातुन, निरादेवी जैरु, लक्ष्मी चौधरी र कल्याणी खड्का रहेका छन् । साथै बैठकले काँग्रेस सभापति शेरबहादुर देउवालाई प्रधानमन्त्री नियुक्त गर्न माग गर्दै सर्वोच्च अदालतमा रिट दायर गर्ने थप १२ जनालाई २४ घण्टे स्पष्टीकरण सोध्ने निर्णय गरेको छ ।

एमालेको यो निर्णयसँगै पार्टीलाई प्रस्ट रूपमा विभाजितको आधार तयार गरेको जनाकारहरू बताउँछन् । 

प्रतिक्रिया दिनुहोस्