परीक्षण गर्न गएकै ठाउँमा मृत्यु : परीक्षण पश्चात् देखियो कोरोना पोजेटिभ


बेलबारी, १० जेठ । बेलबारीमा कोरोना परीक्षण गर्न गएकै ठाउँमा एकजना युवाको मृत्यु भएको छ ।


बेलबारी नगरपालिका ५ नं वाडा कार्यालयले स्थानीय बासिन्दाहरूका लागि तयार गरेको एन्टिजोन परीक्षण केन्द्रमा गएका बेलबारी ५ शनिहाटका ४२ बर्षिया एक युवाको कोरोना परीक्षण गरेको केही क्षणमै मृत्यु भएको हो ।


परीक्षण गर्ने तयारी हुँदैगर्दा आफ्नो पालो कुरीरहेका बेला केही असहज भएको महसुस गर्दै शित्तलमा बसेका ती युवाको केही क्षणमै मृत्यु भएको वाडा कार्यालयले बताएको छ ।


वडाध्यक्ष विश्वबन्धु बस्नेतले दिएको जानकारी अनुसार श्वासप्रश्वासमा समस्या देखिएपछि हतार हतार उनको एन्टिजोन परीक्षण गरिएको थियो । परीक्षणको रिपोर्ट आई नसक्दै ती युवाको मृतयु भयो । त्यसपछि उनको रिपोर्टमा कोरोना पोजेटिभ देखिएको थियो ।
बेलबारी नगरपालिकाका फोकल पर्सन सन्तोष विश्वकर्माले ती युवा केही दिनदेखि बिरामी अवस्थामा रहेको र सोमबार वडा कार्यालयमा एन्टिजोन परीक्षणका लागि आएको बताएका छन् ।


यो सँगै बेलबारीमा कोरोनाबाट मृत्यु हुनेको संखया १० जना पुगेको छ ।

प्रतिक्रिया दिनुहोस्