काठमाडौँ, १० जेठ । सरकारद्वारा कुर्सी जोगाउन ल्याइएको नागरिकतासम्बन्धी अध्यादेश आफूहरूलाई मान्य नहुने नेपाल कम्युनिस्ट पार्टीका महासचिव नेत्रविक्रम चन्द ‘विप्लव’ले बताएका छन् ।
उनले सत्ता टिकाउने नाममा राष्ट्र हितविपरीतको कार्य नगर्न वर्तमान ओली सरकारलाई चेतावनी दिएका छन् ।
सरकारले ल्याएको नागरिकता सम्बन्धी विधेयकको विरोध गर्दै नेपाल कम्युनिस्ट पार्टीका महासचिव नेत्रविक्रम चन्द ‘विप्लव’द्वारा जारी गरिएको विज्ञप्तिमा भनिएको छ ‘नागरिकता जस्तो राष्ट्रिय महत्त्व एवम् जनसरोकारका विषयमा निर्णय लिँदा जनमतलाई बुझ्न र विज्ञहरूको व्यापक परामर्श लिन आवश्यक हुन्छ ।
’विप्लवले कडा शब्दमा भनेका छन् ‘विज्ञहरूसँग परामर्श नदिई सरकारले आफ्नो सत्ता सङ्कट टार्न, कुर्सी जोगाउन र कसैलाई खुसी पार्नका लागि मात्र यस्तो निर्णय लिन्छ भने त्यसको मूल्य सिङ्गो देशले चुकाउनु पर्ने हुन्छ ।
अतः हाम्रो पार्टी त्यस्ता राष्ट्र हितविपरीत कार्य नहोऊन्, त्यस्ता निर्णय खारेज गरिऊन् भन्ने चेतावनी केपी ओली सरकारलाई दिन चाहन्छ ।’
सशस्त्र द्वन्दबाट शान्तिपूर्ण राजनीतिमा प्रवेश गरेको विप्लवले सरकार बन्ने आधार हुँदाहुँदै संसद् विगठन गरेर निर्वाचनमा जानुलाई संसदीय अभ्यासको अफलताका रूपमा दिँदै अब जनमत सङ्ग्रहमा जानु पर्ने बताउँदै आएका छन् ।