साहित्यकार डा. वानिरा गिरीको मृत्यु


काठमाडौँ, १० जेठ । साहित्यकार डा. वानिरा गिरीको निधन भएको छ । नेपाली साहित्य आकासमा उल्लेखनीय योगदान पुर्यायाउदै आएकी साहित्यकार गिरीको आइतबार राति १० बजे ७५ वर्षको उमेरमा निधन भएको हो ।

२००२ साल चैत २९ गते दार्जिलिङको खरसाङमा जन्मिएकी गिरी उपन्यास, निबन्ध र कविता विधामा उत्कृष्ट योगदान दिँदै आएकी थिइन । गिरी विगत लामो समयदेखि मधुमेह र अल्जाइमरबाट पीडित रहँदै आएकी थिइन ।

वानिरा फाउन्डेसनका सदस्य सचिव नरेन्द्रराज प्रसाईँ बानेश्वरस्थित सिभिल अस्पताल पुर्याइएको आधा घण्टामै डा. गिरीको मृत्यु भएको थियो बताएका छन् । तत्कालीन राजा महेन्द्रद्वारा प्रदान गरिएको छात्रवृत्तिमा २०२२ सालमा एमए पढ्न काठमाडौँ आएकी गिरी पछि  पद्मकन्या कलेजमा प्राध्यापन गर्न थालिन् । 

विभिन्न पदक तथा पुरस्कारबाट सम्मानित डा.गिरीका कविता, निबन्ध र उपन्यास गरेर १४ वटा कृति प्रकाशित छन् । 

प्रतिक्रिया दिनुहोस्