ओलीले बोलाए एमालेको स्थायी कमिटीको बैठक


काठमाडौँ, १० जेठ । संसद् विघटन र मध्यावधि निर्वाचन घोषण लयगतको विषयमा छलफल गर्न अपराह्न नेकपा एमालेले स्थायी कमिटीको बैठक आह्वान गरिएको छ । 

प्रधानमन्त्री समेत रहेका पार्टी अध्यक्ष ओलीले बालुवाटारस्थित निवासमा आज दिउँसो स्थायी कमिटी बैठक बोलाएका हुन् ।

बैठकमा संसद् विघटन, निर्वाचनको घोषणका साथै माधव नेपाल पक्षका ११ जना सांसदहरूलाई सोधिएको स्पष्टीकरणको बारेमा पनि छलफल हुने आसा गरिएको छ । यसअघि ८ गते बसेको स्थायी कमिटीको बैठकले माधवकुमार नेपाल, झलनाथ खनाल लगायतका ११ जना सांसदलाई स्पष्टीकरण सोधिएको थियो तर उता  नेपाल पक्षले भने स्पष्टीकरण नबुझाउने भएको छ । 

नेपाल –खनाल समूहका नेता भीम रावलले टिप्पणी गर्दै पार्टीको नवौँ महाधिवेशनपछिको संरचना भत्काएर अवैध संरचना निर्माण गरेर स्वयम् आफू नै अवैध भइसकेको अध्यक्षलाई आफूहरूले स्पष्टीकरण बुझाइरहन आवश्यक नरहेको बताएका छन् । 

प्रतिक्रिया दिनुहोस्