जनमोर्चाका सांसद कृष्ण थापा साधारण सदस्यबाटै हटाइए


पोखरा, ९ जेठ । राष्ट्रिय जनमोर्चा पार्टीका केन्द्रीय सदस्य कृष्ण थापा पार्टीको साधारण सदस्यबाटै निष्कासित भएका छन् ।

राष्ट्रिय जनमोर्चा पाटीको बैठकले थापालाई केन्द्रीय सदस्यबाट आजीवन र साधारण सदस्यको लागि एक वर्षका लागि निष्कासन गरिएको छ । राष्ट्रिय जनमोर्चाका केन्द्रीय महासचिव मनोज भट्टले दिएको जानकारी अनुसार पार्टीमा आँच आउने गरी काम गरेको र पार्टी निर्देशन उल्लङ्घन गरेकाले थापालाई कारबाही गरिएको हो । 

थापालाई केही समय अघि संसदीय दलको नेताबाट र अहिले पार्टीको सबै जिम्मेवारीबाट हटाएको छ ।

साथै भट्टले सांसद पदबाट पनि कारबाही गर्न पहल भइरहेको बताए । थापाले असहयोग गर्दा प्रतिपक्षी गठबन्धनले गण्डकी प्रदेशसभामा सरकार बनाउन असफल भएको थियो । 

प्रतिक्रिया दिनुहोस्