काठमाडौँ, ९ जेठ । जन्मको आधारमा नागरिकता पाएका सन्तानले वंशजको नागरिकता पाउने व्यवस्थासहित नागरिक्ता सम्बन्धी ऐनको संशोधन भएको छ ।
राष्ट्रपति विद्यादेवी भण्डारीले आइतबार नेपाल नागरिकता (पहिलो संशोधन) अध्यादेश, २०७८ जारी गरेसँगै सो व्यवस्था लागु भएको हो ।
मधेस केन्द्रित दलको मागको माग पुरा गर्ने क्रममा प्रधानमन्त्री केपी शर्मा ओलीले नागरिकतासम्बन्धी अध्यादेश मन्त्रिपरिषद्बाट पारित गराएका थिए । केही दिनअघिको मन्त्रिपरिषद्ले अध्यादेश ल्याउने निर्णय गरेको थियो ।
हाल जन्मको आधारमा नागरिकता पाएका व्यक्तिको सन्तानले वंशजको नागरिकता नपाउने व्यवस्था थियो ।
नागरिक्ताका विषयमा संसदमा लामो समयदेखि विवादमा रहेको यो विषयलाई संसद् रहेको बेला पारेर वर्तमान सरकारले अध्यादेशमार्फत यो व्यवस्था लागु गरेको हो ।