प्रधानमन्त्री ओलीद्वारा राष्ट्रपतिको कदमको बचाउ


काठमाडौँ, ९ जेठ । प्रधानमन्त्री केपी शर्मा ओलीले पत्रकारसँगको अन्तरक्रियामा राष्ट्रपतिको कदमको बचाउ गरेका छन् ।

आज दिउसो आयोजित पत्रकारसँगको अन्तरक्रियामा बोल्दै उनले धारा ७६ (५) को प्रधानमन्त्री नियुक्ति राष्ट्रपतिको स्वविवेकी अधिकार भएकोले त्यसविरुद्ध कुनै उजुरी नलाग्ने भन्दै जेठ ७ गतेको राष्ट्रपतिको कदमको बचाउ गरेका हुन् ।

 ‘मोर्चा कसेर मुद्दा हाल्ने रे ? सच्चाईका लागि एक जनाले हालेपनि धेरैले मोर्चा कसेर हाले पनि त्यही हो । सच्चाई सच्चाई नै हो । न्याय प्राप्त गर्ने कुरामा मोर्चा कस्नुको कुनै अर्थ हुँदैन । राष्ट्रपतिको स्वविवेकी अधिकारको प्रयोग गर्ने ठाउँ हो त्यसमा कुनै उजुरी लाग्दैन’ ओलीले पत्रकारहरूसँग भने ।

प्रधानमन्त्री ओलीले नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले वैकल्पिक सरकार बन्न नदिने प्रयासमा फर्जी हस्ताक्षर लिएर, दूषित अभ्यास गरेको टिप्पणी गरे ।

राष्ट्रपति विद्यादेवी भण्डारीले धारा ७६ (५) अनुसारको प्रधानमन्त्री नियुक्तिका लागि दिएको समयमा नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले १४९ सांसदको हस्ताक्षरसहित दाबी पेस गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्