सरकारविरुद्ध प्रदर्शन : नेवी संघका नेता त्रिपाठी पक्राउ


 काठमाडौं, ९ जेठ । नेपाल विद्यार्थी संघद्वारा संसद विघटन विरोधमा आयोजना गरिएको आन्दोलनबाट नेवी संघका नेता नवराज त्रिपाठी पक्राउ परेका छन् ।

जेठ ७ गते मध्यरातमा प्रधानमन्त्रीको सिफारिसमा राष्ट्रपतिले संसद विघटन गरेर देरशलाई निर्वाचनमा धकेले पछि नेविसंघले आयोजना गरेको राष्ट्रपति र प्रधानमन्त्रीलाई ‘गोबर उपहार’ आन्दोलन कार्यक्रमका क्रममा नेता त्रिपाठी पक्राउ परेका हुन् । 

नेपाली काँग्रेस माओवादी केन्द्र, जनता समाजवादी पार्टी, राष्ट्रिय जनमोर्चा र एमालेको असन्तुष्ट पक्षसहितको विपक्षी गठबन्द संसद् विघटन र मध्यावधि निर्वाचन घोषणाविरुद्ध आज सर्वोच्च अदालत जाने भएको छ ।गठबन्धनले १४९ जना सांसदलाई नै नागरिकतासहित उपस्थित हुन निर्देशन दिएको छ ।

सरकारविरुद्धको आन्दोलन चर्किन सक्ने सम्भावना रहेका भन्दै गृह मन्त्रालयले कठोर बन्न प्रहरीलाई निर्देशन दिएको खबर प्राप्त भएको छ ।

प्रतिक्रिया दिनुहोस्