काठमाडौँ, ९ जेठ । संसद् विघटन र मध्यावधि निर्वाचन घोषणाविरुद्ध विपक्षी गठबन्धन आज सर्वोच्च अदालत जाने भएको छ ।
प्रधानमन्त्रीको सिफारिसमा राष्ट्रपतिद्वारा गरिएको संसद् विघटन र निर्वाचन घोषणको विरुद्धमा विपक्षी गठबन्धन आज सर्वोच्च अदालत जान लागेका हुन् । गठबन्दमा प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेस, माओवादी केन्द्र, जनता समाजवादी पार्टी, राष्ट्रिय जनमोर्चा र एमालेको असन्तुष्ट पक्ष रहेका छन् ।
गठबन्धनले १४९ जना सांसदलाई नै नागरिकतासहित उपस्थित हुन निर्देशन दिएको छ ।शनिबार पाँच दलको सर्वपक्षीय बैठकले बैठकले प्रतिनिधि सभा विघटनविरुद्ध राजनीतिक र कानुनी लडाई लड्ने निष्कर्ष निकालेको थियो ।
जेठ ७ गते नयाँ सरकार निर्माणका लागि प्रतिपक्षी गठबन्धनबाट देउवा र प्रधानमन्त्री ओलीको दाबी परेको थियो । तर राष्ट्रपति भण्डारीले प्रतिनिधिसभामा विश्वासको मत प्राप्त गर्ने दुवै दाबेदारको आधार नदेखिएकोले ओली र देउवा दुवैलाई नियुक्त गर्न नमिल्ने निर्णय गर्दै मध्यरातमा प्रतिनिधिसभा विघटन गर्दै मध्यावधि निर्वाचनको मिति तोकेकी थिइन् ।