कोरोना सङ्क्रमणबाट बेहुला र बेहुलाकी आमाको मृत्यु


झापा, ८ जेठ । कोरोना सङ्क्रमणबाट झापामा बेहुला र बेहुलाकी आमाको मृत्यु भएको छ । 

गौरादह नगरपालिका–४ को एक बिहे घरमा कोरोना सङ्क्रमण देखिँदा ३० वर्षीय बेहुला र बेहुलाकी आमाको मृत्यु भएको छ भने पुरै परिवार सङ्क्रमित भएको छ ।  

गौरादह नगरपालिका स्वास्थ्य शाखाका गोविन्द श्रेष्ठले दिएको जानकारी अनुसार वैशाख २४ गतेदेखि विराटनगरस्थित कोसी कोभिड अस्पतालमा सङ्क्रमित बेहुलाको शुक्रवार राति पौने १ बजे उपचारका क्रममा मृत्यु भएको हो ।

वैशाखको दोस्रो हप्तातिर विवाह भएका ती युवक उनको पुरै परिवारमा कोरोना सङ्क्रमण फैलिएको थियो ।मृतक बेहुलाकी आमाको भने यसअघि वैशाख २३ गते उपचारका क्रममा मृत्यु भएको थियो । दुलही कोसमेत कोसी कोभिड अस्पतालमा उपचार भइरहेको बताइएको छ । 

प्रतिक्रिया दिनुहोस्