काठमाडौंं, ७ जेठ । प्रधानमन्त्री केपी शर्मा ओलीले आफूसँग १५३ जना सांसदका समर्थन रहेको भन्दै नयाँ सरकारको नेतृत्वको दाबी गरेका छन् ।
उनले नेकपा (एमाले) का १२१ र जसपाका ३२ गरी १५३ जना सांसदको समर्थन आफूलाई रहेको पत्रसहित विधानको धारा ७६(५) बमोजिम प्रधानमन्त्री पदको लागि दाबी गरेका हुन् ।
राष्ट्रपतिसामु बुझाएको दाबी पत्रमा जसपाको तर्फबाट अध्यक्ष महन्थ ठाकुर तथा संसदीय दलका नेता राजेन्द्र महतो र एमालेका अध्यक्ष एवम् दलका नेता केपी शर्मा ओलीको हस्ताक्षर रहेको प्रधानमन्त्रीका प्रमुख राजनीतिक सल्लाहकार विष्णु रिमालले जानकारी दिएका छन् ।
उता विपक्षी गठबन्धनको तर्फबाट नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाको प्रधानमन्त्रीको लागि बहुमत सांसदको समर्थन रहेको दाबीसहित राष्ट्रपति कार्यालय पुगिरहेको छ ।