देउवा प्रधानमन्त्री नियुक्तिका लागि दाबी पेस गर्दै


काठमाडौंं, ७ जेठ । १४९ जना सांसदको हस्ताक्षरसहित विपक्षी गठबन्धनबाट देउवाले सरकार गठनका लागि दाबी गर्ने भएका छन् ।

 राष्ट्रपतिको आह्वानअनुसार १४९ जना सांसदको हस्ताक्षरसहित नयाँ सरकार गठनका लागि प्रतिपक्षी गठबन्धनका तर्फबाट दाबी पेस गर्न लागेका हुन् ।देउवाले बुझाउन लागेको दाबी पत्रमा काँग्रेस र माओवादी केन्द्रसहित एमालेको माधवकुमार नेपाल समूह र जसपाको उपेन्द्र यादव समूहका सांसदकोसमेत हस्ताक्षर रहेको बताइएको छ ।

काँग्रेस नेता रमेश लेखकले सरकारका लागि दाबी पेस गर्ने तयारी भइरहेको जसका लागि सांसदहरूको हस्ताक्षर सङ्लन भैसकेको बताएका छन्  । 

उता आजै बालुवाटारमा पत्रकार सम्मेलनको आयोजना गरेर प्रधानमन्त्री ओलीले दलहरूलाई वैकल्पिक सरकारको विकल्प नभए आफ्नै नेतृत्वमा राष्ट्रिय सहमतिको सरकार बनाउन सहयोग गर्न आग्रह गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्