काठमाडौंं, ७ जेठ । प्रधानमन्त्री केपी शर्मा ओलीले आफ्नै नेतृत्वमा राष्ट्रिय सहमतिको सरकार सरकार गठन गर्न आह्वान गरेका छन् ।
बालुवाटारमा पत्रकार सम्मेलनको आयोजना गरेर प्रधानमन्त्री ओलीले दलहरूलाई वैकल्पिक सरकारको विकल्प नभए आफ्नै नेतृत्वमा राष्ट्रिय सहमतिको सरकार बनाउन सहयोग गर्न आग्रह गरेका हुन् ।
पत्रकार सम्मेलनमा उनले भने ‘वैकल्पिक सरकार बनाउनुस् । मेरो दलले रचनात्मक सहयोग गर्छ । नत्र राष्ट्रिय सहमतिको सरकार बनाएर सबैको सहयोगमा कोभिड–१९ का विरुद्ध लडौँ ।’ उनले आफूले वैकल्पिक सरकार गठन गर्न बाटो खोलिदिएको भन्दै यसबारेमा नकारात्मक र आवेश उत्तेजनामा नजान आग्रह गरेका छन् ।
उता नयाँ सरकार प्रक्रियाका लागि प्रमुख प्रतिपक्षी दल काङ्ग्रेससहित चार दलहरूको बैठक बसिरहेको छ ।