विराटनगर, ७ जेठ । बढी मूल्यमा औषधि बिक्री गरेको आरोपमा प्रहरीले विराटनगरका दुईवटा फार्मेसीका सञ्चालकलाई पक्राउ गरेको छ ।
लेखिएको मूल्यभन्दा बढीमा औषधि बेचेको गुनासो आएपछि बिहीबार दिउँसो प्रहरीले विराटनगरका गोलबजार फार्मेसीका र पश्चिमबासी फार्मेसीका सञ्चालकलाई पक्राउ गरेको हो । पक्राउ पर्नेमा गोलबजार फार्मेसीका सञ्चालक जितेन्द्र महतो र पश्चिमबासी फार्मेसीका सञ्चालक रवीन्द्र महतो रहेका छन् ।
प्रयोग भएको भन्दा बढी औषधिको बिल आएपछि बिरामीका आफन्तले प्रहरीलाई खबर गरेका थिए ।
औषधिको कालोबजारी गरेको गुनासो आएपछि फार्मेसी सञ्चालकलाई अनुसन्धानका लागि पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय मोरङका डिएसपी मानबहादुर राईले जानकारी दिएका छन् । अनुसन्धान भैरहेको बताउँदै यदि कालोबजारी गरेको पाइमा कारबाही हुने एसपी राईले जानकारी दिएका छन् ।