राष्ट्रिय सभा सदस्यमा स्वतन्त्र उमेद्वार डा. देवकोटा विजयी


काठमाण्डौ, ६ जेठ । राष्ट्रिय सभा सदस्यमा स्वतन्त्र उमेद्वार डा. खिमलाल देवकोटा निर्वाचित भएका छन् । 

आज सम्पन्न राष्ट्रियसभाको उपनिर्वाचनमा नेकपा एमालेका उम्मेदवार रामबहादुर थापा बादललाई हराउँदै स्वातन्त्र रूपमा उमेद्वार दिएका डा. खिमलाल देवकोटा निर्वाचित भएका हुन् ।

डा. देवकोटालाई नेपाली काँग्रेस र नेकपा माओवादी केन्द्र, जसपालगायतका दलको सहयोग रहेको थियो । नेपाल समूहका नेतासमेत रहेका देवकोटाले ४५ का विरुद्ध ५८ मत पाएर विजयी भएका हुन् ।

उता नेपाल मजदुर किसान पार्टीका कृष्णबहादुर तामाङले भने २ मत मात्र पाएका थिए ।आजको परिणाम बादलको पक्षमा आउने अनुमान गरिए पनि त्यसो हुन सकेन ।

एमालेको आन्तरिक विवाद पूर्ण रूपमा समाधान नभइसकेकोले गर्दा नेपाल पक्षका केही र ओली पक्षका बादलसँग असन्तुष्ट रहेका केहीको भोट देवकोटालाई जाँदा बादल पराजित भएका छन् । यो परिणामसँगै बादलको राजनैतिक भविष्य पनि अन्योलमा परेको जनाकारहरू बताउँछन् । 

प्रतिक्रिया दिनुहोस्