थलीमा कार्यरत प्रहरी नायव निरीक्षक घुस सहित पक्राउ


काठमाडौँ, २ असोज । महानगरीय प्रहरी प्रभाग थलीमा कार्यरत प्रहरी नायव निरीक्षक विपिनचन्द्र पन्तलाई घुस रकमसहित अख्तियार दुरुपयोग अनुसन्धान आयोगले बुधवार नियन्त्रणमा लिएको छ ।

सेवाग्राहीसँग पन्तले सवारी दुर्घटनाको सहमति बमोजिम मिलापत्र गरिए बापत घुस मागेको भन्ने सूचनाका आधारमा आयोगबाट खटिइएको टोलीले रु. ५ हजारसहित कागेश्वरी मनहरा नगरपालिका–५ स्थित एक खाजा घरबाट नियन्त्रणमा लिएको हो ।

आयोगका प्रवक्ता प्रदीपकुमार कोइरालाका अनुसार आरोपित पन्तमाथि अनुसन्धान भइरहेको जनाएका छन् ।

प्रतिक्रिया दिनुहोस्