कोरोना सङ्क्रमितले निजी अस्पतालबाट निःशुल्क उपचार पाउने



काठमाडौँ, ५ जेठ । सरकारले देशका विभिन्न जिल्लास्थित निजी अस्पताल तथा मेडिकल कलेजमा कोरोना सङ्क्रमितको निःशुल्क उपचार पाउने व्यवस्था गरेको छ । 

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका सह–प्रवक्ता समीरकुमार अधिकारीले दिएको जानकारी अनुसार सात प्रदेशका ३० निजी अस्पताल तथा मेडिकल कलेजसँग कोरोना सङ्क्रमितको निःशुल्क उपचारका लागि सम्झौता गरेको जानकारी दिएका छन् ।

आइसोलेसनमा प्रतिदिन प्रतिव्यक्ति ३५ सय, मध्यम जटिल केशका बिरामीको उपचारका लागि ७ हजार र आइसियु तथा भेन्टिलेटरमा उपचारका गर्नेलाई १५ हजारका दरले शोधभर्ना बापत अस्पताललाई मन्त्रालयले दिने छ ।

मन्त्रालयसँग सम्झौता गरेका ३० अस्पतालहरूले सङ्क्रमितको उपचारको खर्च विवरण स्वास्थ्य मन्त्रालयलाई बुझाउनुपर्ने हुन्छ ।


कोरोनाको निःशुल्क उपचार हुने अस्पतालको सूचि :  

प्रतिक्रिया दिनुहोस्