विराटनगर, ५ जेठ । पछिल्लो २४ घण्टामा मोरङमा ४८१ सहित प्रदेश १ मा १,२९८ कोरोना सङ्क्रमित थपिएका छन् ।
प्रदेश नं १ मा कोरोना सङ्क्रमितको सङ्ख्या दैनिक रूपमा बढ्दै गएको छ । पछिल्लो २४ घण्टामा प्रदेश १ मा २१ जना सङ्क्रमितको मृत्यु भएको सामाजिक मन्त्रालयले जनाएको छ ।
सामाजिक विकास मन्त्रालयले दिएको जानकारी अनुसार मोरङमा ४८१, झापामा ३३८, सुनसरीमा १६९, धनकुटामा ८७, ताप्लेजुङमा ८३, खोटाङमा २९, पाँचथरमा १६, सङ्खुवासभामा १४, इलाममा १२, भोजपुरमा ७, उदयपुरमा ४, ओखलढुङ्गा र ते¥हथुममा १–१ र प्रदेश १ बाहिरका ५६ जनामा सङ्क्रमण देखिएको छ ।
मोरङको विराटनगरमा १६४ महिला र १९१ पुरुष सहित ३५५, सुन्दरहरैँचामा ४१, पथरीशनिश्चरेमा ३०, बुढीगंगामा १३, उर्लाबारीमा ११, कटहरीमा ६, लेटाङ र बेलबारीमा ५, सुनबर्षी, धनपालथान र मिक्लाजुङमा ३–३, ग्रामथान, जहदा, रंगेली र केराबारीमा १–१ र स्थानीय तह नखुलेका २, झापाको दमकमा ९२, मेचीनगरमा ६५, विर्तामोडमा ४६, भद्रपुरमा ३५, अर्जुनधारामा २६, बुद्धशान्तिमा २०, कनकाईमा १७, शिवसताक्षीमा ८, बा¥हदशीमा ६, गौरीगञ्जमा ५, कचनकवल र कमल गाउँपालिकामा ४–४, गौरादहमा २, हल्दिबारी र झापा गाउँपालिकामा १–१ र स्थानीय तह नखुलेका ६, सुनसरीको इटहरीमा ६६, धरानमा ५७, दुहबीमा १५, बराह क्षेत्र र रामधुनीमा ६–६, देवानगञ्ज र इनरुवामा ५–५, बर्जुमा ४, गढी र हरिनगरमा १–१ र स्थानीय तह नखुलेका ३ जनामा सङ्क्रमण देखिएको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।
हालसम्ममा प्रदेश १ मा कोरोना सङ्क्रमितको सङ्ख्या ४७ हजार ८६८ पुगेको छ । सङ्क्रमित भएका मध्ये ३१ हजार ५७३ सङ्क्रमणमुक्त भएका छन् ।