मुख्यमन्त्री गुरुङले पुरानै मन्त्रीहरूलाई निरन्तरता दिए



पोखरा, ५ जेठ । गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वी सुब्बा गुरुङले आफ्ना पुरानै मन्त्रीहरूलाई निरन्तरता दिने भएका छन् । 

मुख्यमन्त्रीको सचिवालयले दिएको जानकारी अनुसार बुधवार अपराह्न  मन्त्रिपरिषद्  विस्तार गर्न लागिएको र पुरानै मन्त्रिहरूले निरन्तरता पाउन लागेका हुन् । विपक्षी गठबन्धनले आवश्यक सङ्ख्या पुर्याउन नसके पछि सदनमा सबैभन्दा ठूलो दलका हैसियत उनी मुख्यमन्त्री बनेका थिए । उनले एक महिनाभित्रै विश्वासको मत लिनु पर्नेछ । 

पुरानै अनुहार दोहोरिने भए पछि यसअघि मन्त्री बनेका किरण गुरुङ, रामशरण बस्नेत, विकास लम्साल, नरदेवी पुन र राजीव गुरुङ नै आउने पक्का भएका हुन् ।

प्रतिक्रिया दिनुहोस्