लमजुङमा ५.८ म्याग्नेच्युटको भूकम्प : घरभत्किदा तीनजना घाइते


काठमाडौँ, ५ जेठ । आज नेपालमा भूकम्पको धक्का महसुस भएको छ ।

राष्ट्रिय भूकम्प मापन केन्द्रका अनुसार लमजुङको भुलभुले आसपास बुधवार बिहान ५ बजेर ४२ मिनेटमा ५.८ म्याग्नेच्युटको भूकम्प मापन गरिएको छ । यो भूकम्प २०७२ सालको महाभूकम्पको पराकम्प भएको केन्द्रले जानकारी दिएको छ ।

भूकम्पको धक्का काठमाडौँमा समेत महसुस गरिएको थियो । भूकम्पले लमजुङमा केही घरसमेत भत्एिका बताइएको छ ।

घर भत्किँदा चोट लागेर तीन जना गाउँले घाइते भएको खबर प्राप्त भएको छ । मर्स्याङ्दी गाउँपालिकाका ४० वर्षीया उमा गुरुङ र ८३ वर्षीया खवकुमारी पाण्डे घाइते भएको प्रहरीका जनाएको छ । 

प्रतिक्रिया दिनुहोस्