कोरोनाबाट प्रदेश १ मा ६० पत्रकार सङ्क्रमित, एक जनाको मृत्यु


बेलबारी, ५ जेठ । कोरोनाको दोस्रो लहरबाट मङ्गलवार सम्ममा १ नं. प्रदेशका ६० पत्रकार सङ्क्रमित भएका छन् ।  

 नेपाल पत्रकार महासङ्घ प्रदेश नं १ का महासचिव विवेक गौतमले दिएको जानकारी अनुसार झापामा १९, मोरङ १५, सुनसरी १२, ताप्लेजुङ, उदयपुर र पाँचथर ३\३, खोटाङ २, ओखलढुङ्गा र भोजपुर १\१ जना रहेका छन् । 

कोरोनाको सङ्क्रमणबाट प्रदेश नं १ मा एक जना पत्रकारको निधन भैसकेको छ भने तीन जनाको आइसियु\भेन्टिलेटरमा उपचार भइरहेको पत्रकार महासङ्घले जानकारी दिएको छ । 

सङ्क्रमण बढ्दै गए पछि पत्रकार महासङ्घले आफ्ना सदस्यहरूलाई सुरक्षित रहन, वैकल्पिक विधिको प्रयोग गरे समाचार सङ्कलन गर्न आग्रह गर्दै आएको छ ।  

प्रतिक्रिया दिनुहोस्