नेपालमा भेटियो सङ्क्रामक र जोखिमपूर्ण ‘भारतीय डबल म्यूटेन्ट’ कोरोना भाइरस


काठमाडौँ, ४ जेठ । नेपालमा कोभिड १९ को सङ्क्रामक र जोखिमपूर्ण ‘भारतीय डबल म्यूटेन्ट’ पाइएको छ ।

  स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले आज सूचना निकालेर नयाँ भेरियन्ट नेपालमा फेला परेको बताएको हो । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले मङ्गलवार विज्ञप्तिमा जारी गरेर गत साता ३५ वटा नमुना सङ्कलन गरेर जीन सिक्वेन्सिङ गर्दा ३४ वटामा भारतीय डबल म्यूटेन्ट भाइरस र एउटामा यूके भेरियन्ट ‘बी.१.६१७.१’ भाइरस रहेको पाइएको बताएको छ ।

मन्त्रालयका सहप्रवक्ता डा. समीर कुमार अधिकारीले जारी गरेको विज्ञप्तिअनुसार मन्त्रालयले ३५ वटा नमुना विश्व स्वास्थ्य सङ्गठनले प्रमाणित गरेको भारतको सीएसआईआर– इन्स्टिच्युट अफ जिनोमिक्स एण्ड इन्टिग्रेटिभ बायोलोजीमा जीन सिक्वेन्सिङका लागि पठाएको थियो । त्यहाँ गरिएको परीक्षण पछि नेपालमा हाल मूलभूत रूपमा कोरोना भाइरसका तीन वटा भेरियन्ट फैलिरहेको पुष्टि भएको छ ।

योसँगै नेपालमा परिवर्तित भाइरससहित तीन किसिमका भेरियन्ट रहेको पुष्टि भएको स्वास्थ्य मन्त्रालयको भनाइ छ ।

कोरोनाको नयाँ भेरियन्ट पत्ताइलागेसँगै नेपालीलाई झन् त्रसित पारे पनि सावधानी अपनाउन सकेमा कोरोनाबाट बच्न सकिने स्वास्थ्यका विज्ञहरूले बताउँदै आएका छन् । 

प्रतिक्रिया दिनुहोस्