अहोरात्र खटिँदा पनि आलोचना भएको भन्दै मेयर पराजुलीद्वारा दुःख व्यक्त


 विराटनगर ४ जेठ । कोरोना सङ्क्रमणको समयमा सक्रिय भूमिका निभाउँदै आएका विराटनगरका मेयर भीम पराजुलीले आफू अहोरात्र कोरोना सङ्क्रमणको व्यवस्थापनमै खटिरहँदा पनि त्यसको आलोचना भएको भन्दै दुःख व्यक्त गरेका छन् ।

उनले सामाजिक संजालामार्फत दुःख व्यक्त गरेका हुन् । उनले लेखेका छन् ‘मलाई अचम्म लागेको छ र, यस्तो नकारात्मक सोचप्रति दुःख पनि । हुँदाहुँदै बिरोधको पराकाष्ठा मान्छे मर्न आटेको बेला अक्सिजन पु¥याई दियो भन्ने सस्तो प्रचार गर्यो भन्छन्, बिरामीले  अस्पताल जान एम्बुलेन्स पाएनन् भनेर आफू चढ्ने गाडी दियो प्रचार गर्यो भन्छन्, घरमा मरेको मानिसको सब व्यवस्थापन गर्न धेरै समय कुर्नु प¥यो गाह्रो भयो भनेर केही म लगायतका साथीहरू मिलेर आफ्नो खर्चमा सब बाहनको व्यवस्थापन गर्यो प्रचार गर्यो भन्छन् ।’

मेयर पराजुलीले आफू यस्ता कुराबाट विचलित नभई निरन्तर रूपमा जनताको काममा लागिरहने प्रतिबद्धता पनि व्यक्त गरेका छन् । केही दिन अघि मात्र मेयर पराजुलीले धनाढ्य मारवाडी घरानालाई मात्र कोभिडको दोस्रो डोज उपलब्ध गराएको भन्ने समाचार आएका थिए । यस्तो समाचार आए पछि मेयर पराजुलीको चर्को आलोचना भएको थियो । । 

तर यसलाई उनका समर्थकले भने मेयरको लोकप्रियताबाट जलेकाहरूले र मेयरबाट लाभलिन सकेकाहरूले फैलाएको हल्ला मात्र भएको बताएका छन् । 

प्रतिक्रिया दिनुहोस्