कोरोनाबाट विश्वमा ३४ लाखभन्दा बढीको मृत्यु, नेपालमा ५,१५ ले ज्यान गुमाए


बेलबारी, ४ जेठ । कोरोना सङ्क्रमणबाट हालसम्ममा विश्वमा सङ्ख्या ३४ लाखभन्दा बढीले ज्यान गुमाएका छन् ।

पछिल्लो २४ घण्टामा १० हजार ३ सय भन्दा धेरैले ज्यान गुमाएसँगै मृत्यु हुनेको कूल सङ्ख्या ३४ लाख ३ हजार ७ सय नाघेको छ । पछिल्लो २४ घण्टामा भारतमा एकैदिन ४ हजार ३ सय संक्रमितको मृत्यु भएको छ । यो सङ्ख्या विश्वका अन्य मुलुकभन्दा बढी हो । त्यस्तै भारतमा थप २ लाख ६३ हजारमा नयाँ सङ्क्रमित थपिएका छन् ।  

कोरोनाको कारण भारतमा हालसम्म २ लाख ७८ हजार ७०० ले ज्यान गुमाएका छन् भने ३३ लाख ५९ हजार सक्रिय सङ्क्रमित उपचाररत छन् । यस्तै पछिल्लो २४ घण्टामा ब्राजिलमा १ हजार ३९, अमेरिकामा ३ सय ४७, रुसमा ३ सय ४०, टर्कीमा २ सय २३ र इटलीमा १४० जनाको मृत्यु भएको छ। 

हिजो एकैदिन ब्राजिलमा ३३ हजार ६ सय, अमेरिकामा २३ हजार २ सय,टर्कीमा १० हजार, र रुसमा ९ हजार सङ्क्रमित थपिएका छन्। थपिएकासहित गरेर विश्वभर हालसम्म कोरोना संक्रमितको कूल सङ्ख्या १६ करोड ४२ लाख ५५ हजार नाघेको ओल्डोमिटरले जनाएको छ ।

कोरोना सङ्क्रमण दरलाई हेर्ने हो भने पछिल्लो समय नेपाल अगाडि देखिएको छ । २७,९२,६७३ को परीक्षण गर्दा ४६६४,२१८ जनामा कोरोना सङ्क्रमण भएको देखिएको छ । अहिले सम्ममा नेपालमा ५ हजार २१५ जनाले कोरोनाबाट ज्यान गुमाइसकेका छन् ।

प्रतिक्रिया दिनुहोस्