प्रधानमन्त्रीको शपथविरुद्ध सर्वोच्चमा रिट



काठमाडौँ, ३ जेठ । प्रधानमन्त्री केपी शर्मा ओलीले लिएको शपथविरुद्ध सर्वोच्च अदालतमा रिट दायर भएको छ ।

अधिवक्ता चन्द्रकान्त ज्ञवालीले प्रधानमन्त्रीले लिएको शपथ कानुन विपरीत भएका भन्दै बदर गर्न माग गर्दै रिट परेको हो ।

प्रधानमन्त्री केपी शर्मा ओलीले शुक्रवार पद तथा गोपनीयताको शपथ लिँदा ‘मुलुक र जनताप्रति पूर्ण बफादार रही सत्य निष्ठापूर्वक यो प्रतिज्ञा गर्छु कि’ भनेर राष्ट्रपति विद्या भण्डारीले शपथ गराउँदा ओलीले ‘यो प्रतिज्ञा गर्छु कि’ भन्ने शब्द छुटाउँदै राष्ट्रपतिलाई त्यो पर्दैन भनेको भिडियो  सार्वजनिक भए पछि ओलीको सर्वत्र विरोध भइरहेको छ । 

प्रधानमन्त्री ओलीले उक्त वाक्य ‘पर्दैन’ भनेर राष्ट्रपतिलाई नै सिकाएका थिए । राष्ट्रको कार्यकारी व्यक्तिले यसरी संविधानको बर्खिलाप हुनेगरि काम गर्नु नहुने, अझ यसले राष्ट्रप्रमुखको गरिमालाई पनि कम गर्ने काम भएको भन्ने अभिव्यक्तिहरू सार्वजनिक भइरहेको बेलामा परेको रिटलाई महत्वकासाथ हेरिएको छ । 

उता प्रधानमन्त्रीले गरेका सात मन्त्रीको नियुक्ति विरुद्ध पनि सर्वोच्च अदालतमा रिट पेस भएको छन् । अधिवक्ता सन्तोष भण्डारीले पनि अर्को रिट पेस गरेका छन् । 

प्रतिक्रिया दिनुहोस्