‘नागरिकको ज्यान जान नदिन के–के गर्नुपर्छ त्यही गर्नू’ प्रधानमन्त्री


काठमाडौँ, २ जेठ । प्रधानमन्त्री केपी शर्मा ओलीले सबैलाई नागरिकको ज्यान जोगाउने काममा लाग्न निर्देशन दिएका छन् ।

आज सिंहदरबारमा बसेको कोभिड–१९ सङ्कट व्यवस्थापन केन्द्र (सीसीएमसी) को बैठकमा उनले सो कुरा कुरा बताएका हुन् । उनले झन्झटिला प्रक्रिया र आर्थिक अभावले कुनै पनि नागरिकको ज्यान जान नहुने बताएका छन् ।

प्रक्रियाहरूमा अल्झिएर र आर्थिक स्रोतहरूको अभावले कुनै पनि नागरिकको ज्यान जानु नहुने बताउँदै भएका झन्झटिला प्रक्रियालाई छोट्ट्याएर, हप्तामा हुने कामलाई दिनमा, दिनमा हुने कामलाई घण्टामा गरेर भए पनि तत्काल नागरिकको जीवन रक्षाका लागि लाग्न निर्देशन दिए ।

त्यस्तै बैठकमा प्रधानमन्त्रीले आवश्यक परेमा कानुन र क्विक रेसपोन्स टिम बनाएर परिणाम देखिनेसरि काममा लाग्न निर्देशन दिएका छन् ।

प्रतिक्रिया दिनुहोस्