काठमाडौं, २ जेठ । चीन सरकारले नेपाल सरकारलाई थप नौ करोड बराबरको स्वास्थ्य सामग्री सहयोग गर्ने भएको छ ।
कोरोना संक्रमितको उपचारका क्रममा अक्सिजनको हाहाकार भएपछि नेपालले तत्काल अक्सिजन प्लान्ट उपलब्ध गराउन गरेको आग्रह बमोजिम चीनले करिब ९ करोड ८ लाख रुपैयाँ सहयोग दिने घोषणा गरेको हो ।
चिनले सहयोगवापत प्रदान गरेको १८ हजार थान अक्सिजन सिलिण्डर तातोपानी नाका आईपुगिकेको छ भने केही दिनमै ती सिलिण्डर नेपाल सरकारलाई हस्तान्तरण गर्ने जनाएको छ ।
चीनले उपलब्ध गराएका चारसय सिलिण्डर यसअघि नै आइसकेका छन् भने दुई हजार थान सिलिण्डर नेपाल एयरलाइन्सको जहाजबाट काठमाडौं ल्याउने तयारी छ । चिनबाट १८ हजार थान सिलिण्डर ल्याउने सहमति अनुसार यी सिलिण्डरहरू यपलव्ध भएका हुन् ।
कोरोना महामारी बढीरहेको बेलामा मित्रराष्ट्र चिनबाट आएको यो सहयोगलाई महत्वका दृष्टिले हेरिएको छ ।