विराटनगर प्रदेश नं १ कै कोरोना हटस्पट बन्दै


मोरङ, १ जेठ । विराटनगर प्रदेश नं १ कै कोरोना सङ्क्रमणको हटस्पट बन्दै गएको छ ।

 कोरोना भाइरसको दैनिक संक्रमणदर मृत्युदरलाई हेर्दा विराटनगर प्रदेश नं १ कै हटस्पट बन्दै गएको हो ।

विराटनगरमा आज एकै दिनमा थप आठ जनाको मृत्यु भएको छ । कोसी अस्पतालको कोभिड–१९ उपचार केन्द्र, नोबेल अस्पताल र विराट मेडिकल शिक्षण अस्पतालमा आठ जना कोरोना सङ्क्रमितको शनिवार मृत्यु भएको हो ।विराटनगर–१० का ७७ वर्षीय पुरुष, विराटनगर–९ का ६७ वर्षीय पुरुष र उर्लाबारी नगरपालिका–७ की ५८ वर्षीया महिलाको उपचारको क्रममा मृत्यु भएको उपचार केन्द्रका सूचना अधिकारी अनुपम राजवंशीले जानकारी दिए ।

यस्तै विराटनगर महानगर–८ का ६४ वर्षीय पुरुष, विराटनगर–५ की ५२ वर्षीया महिला, विराटनगर–१ का ४५ वर्षीय पुरुष र सुनसरीको इटहरी उपमहानगर–२ की ५५ वर्षीया महिलाको उपचारको क्रममा मृत्यु भएको नोबेल अस्पतालका प्रबन्धक नारायण दाहालले बताए ।

पछिल्लो समय प्रदेश नं १ को राजधानी विराटनगर कोरोनाको हटस्पट बन्दै गएपछि निषेधाज्ञालाई थप कडाइ गरिएको छ । 

प्रतिक्रिया दिनुहोस्