काठमाडौँ, ३१ वैशाख । पूर्वरानी कोमल शाह कोरोनाबाट मुक्त भएर घर फिरेकी छिन् ।
कोरोना भाइरस सङ्क्रमण भएपछि काठमाडौँको थापाथलीस्थित नर्भिक अस्पतालमा उपचाररत शाह आज अपराह्न ४ बजे डिस्चार्ज भएको अस्पतालले जनाएको छ । उनीसँगै उनकी छोरी प्रेरणा शाह समेत अस्पतालबाट डिस्चार्ज भएकी छन् ।
पूर्वराजा ज्ञानेन्द्र वैशाख २९ गते नै डिस्चार्ज भएका थिए । त्यसको दुई दिनपछि कोमल र प्रेरणा समेत डिस्चार्ज भएका हुन् ।