ओलीले लिए प्रधानमन्त्रीको शपथ : पुरानै मन्त्रीमण्डलको निरन्तरता



काठमाडौँ, ३१ वैशाख । प्रधानमन्त्री केपी शर्मा ओलीले तेस्रोपल्ट पद तथा गोपनीयताको शपथ लिएका छन् ।

शुक्रबार शीतलनीवासमा आयोजित समारोहमा राष्ट्रपति विद्यादेवी भण्डारीसामु उनले शपथ लिएका हुन् । प्रतिपक्षी गठबन्धनले सरकारका लागि दाबी पेस गर्न नसके पछि राष्ट्रपति भण्डारीले संविधानको धारा ७६ (३) अनुसार संसद्को ठूलो दलको नेताको हैसियतमा ओलीलाई पुनः प्रधानमन्त्रीमा नियुक्त गरेकी थिइन् । 

विपक्षी गठबन्धनले धारा ७६ (२) अनुसार बहुमतको दाबी नगरेपछि ओलीलाई नै प्रधानमन्त्रीको रूपमा नियुक्त गरिएको थियो । प्रधानमन्त्री ओलीले संसदमा विश्वासको मत गुमाएपछि राष्ट्रपति विद्यादेवी भण्डारीले दलहरूलाई बहुमत पु¥याएर दाबी पेस गर्न तीन दिनको समय दिएकी थिइन् । पद तथा गोपनीयताको शपथ लिए लगतै उनले आफ्नो मन्त्रीमण्डल विस्तारसमेत गरेका गरेका छन् । 

सुरु चरणमै नेपाल–खनाल तथा जसपाका ठाकुर पक्षलाई सरकारमा सामेल गरिने भने पनि दुवै पक्षले नमान्दा ओलीले आफ्नै पुरानै मन्त्रीमण्डललाई निरन्तरता दिएका छन् । 

प्रतिक्रिया दिनुहोस्