तेह्रथुममा एकजना कोरोना संक्रमितको मृत्यु


तेह्रथुम, ३१ वैशाख । तेह्रथुममा एकजना कोरोना संक्रमितको मृत्यु भएको छ ।

 जिल्ला अस्पतालको आकस्मिक कक्षमा बुधबार भर्ना भएका म्याङलुङ नगरपालिका वडा नं. २ का ८८ बर्षिय पुरुषको मृत्यु भएको अस्पतालले जानकारी दिएको छ ।

५ दिनदेखि लगातार ज्वारो आएपछि अस्पताल भर्ना गरिएका मृतकको एन्टिजेन परीक्षणमा कोरोना पोजेटिभ पुष्टि भएको थियो ।  

उता फेदाप गाउँपालिकामा कोरोनाको सङ्क्रमण बढेसँगै वाडा नं एकलाई सिल गरिएको छ । 

प्रतिक्रिया दिनुहोस्