काठमाडौँ, ३१ वैशाख । जनता समाजवादी पार्टीका सङ्घीय परिषद् अध्यक्ष डा. बाबुराम भट्टराईले नेपाली राजनीति किनबेचका कारण पतन भएको बताएका छन् ।
सामाजिक सञ्जालमा ट्विट गर्दै भट्टराईले वैकल्पिक सरकार दिन प्रतिपक्षी दलहरू चुक्दा ओलीले त्यसको फाइदा लिएको बताएका छन् ।
पूर्व प्रधानमन्त्रीसमेत रहेका भट्टराईले लेखेका छन् ‘जनतालाई कोरोना आतङ्कबाट राहत दिन सक्ने वैकल्पिक सरकार दिन प्रतिपक्षी दलहरू चुक्नु विडम्बनापूर्ण भएको छ ।’
उनले सिद्धान्तहीनता, खुराफात, किनबेचमा पतन भएको नेपाली राजनीतिमा ओलीको चतुर्याइँले पुनः अवसर पाएको बताएका छन् । साथै उनले ओलीलाई अदालत, संसद्, मिडिया, आम जनताले तिरस्कार गरेको अवस्थामा ओलीको विकल्प खोज्नै पर्ने कुरामा जोड दिएका छन् ।बताएका छन् ।
साथै उनले सबैले आत्मसमीक्षा गर्नुपर्ने बेला आएको पनि बताएका छन् ।
भट्टराई सुरु देखि नै ओली सरकारलाई जसरी पनि ढालेर नयाँ वैकल्पिक सरकार बनाउनु पर्छ भन्नेमा थिए । तर उनकै पार्टीको महन्त ठाकुरको समूहले असहयोग गरे पछि विपक्षी गठबन्दनले सरकार गठन गर्न असफल भएको थियो ।