नेपाल सरकारले माग्यो अमेरिकासँग सहयोग


काठमाडौँ, ३० वैशाख । नेपाल सरकारले अमेरिकासँग कोरोनाविरुद्धको खोप माग गरेको छ । 

कोरोनाले महामारीको रूप लिए पछि नेपाल सरकारका तर्फबाट उपप्रधानमन्त्री ईश्वर पोखरेलले नेपालका लागि अमेरिकी राजदूत र्याण्डी बेरीलाई स्वास्थ्य सामग्री सहयोगको लागि आग्रह गरेका हुन् । 

नेपालले गरेको आग्रहलाई स्वीकार्दै बेरीले अर्को सातासम्ममा स्वास्थ्य सामग्री आइपुग्ने जानकारी दिएका छन् ।

प्रधानमन्त्री ओलीले अन्तर्राष्ट्रिय मिडियासँगको अन्तर्वार्तामा नेपालमा कोरोना नियन्त्रणमै रहेको भन्ने अभिव्यक्ति दिए पछि नेपाललाई अन्तर्राष्ट्रिय समुदायले सहयोग गर्न चासो नदेखाएको भन्दै प्रधानमन्त्रीको आलोचना भइरहेको बेलामा उपप्रधान मन्त्रीले अमेरिकासँग सहयोगको प्रस्ताव गरेका हुन् । 

प्रतिक्रिया दिनुहोस्