काठमाडौँ, ३० वैशाख । नेकपा एमालेले माधवकुमार नेपालसहित चार नेतामाथि गरेको कारबाही फिर्ता लिने निर्णय गरेको छ ।
बालुवाटारमा आज बसेको बैठकले माधवकुमार नेपाल, भीम रावल, घनश्याम भुसाल र सुरेन्द्र पाण्डेमाथि गरिएको कारबाही फिर्ता लिने निर्णय गरेको हो ।
बहुमत जुटाई नयाँ सरकार गठन गर्ने समय सीमाको अन्तिम दिन आज एमाले अध्यक्ष एवं कामचलाउ प्रधानमन्त्री केपी शर्मा ओलीले पार्टीको स्थायी कमिटी बैठक डाकेर सो निर्णय गराएका हुन् ।
ओली पक्ष नेपाल –खनाल पक्षलाई फकाएरै भए पनि पुनः सत्ता टिकाउने प्रयासमा लागेको देखिन्छ भने एमालेमा असन्तुष्ट खनाल–नेपाल पक्षले आजै राजीनामा बुझाएरै भए पनि ओलीलाई कमजोर बनाउने सुरमा देखिन्छन् । यदि यसो भएमा काङ्ग्रेससहितको विपक्षी गठबन्धनलाई सरकार बनाउन सहयोग पुग्ने छ ।
उता बैठक चलिरहेकै बिचमा ओली–नेपालबिच टेलिफोन वार्ता समेत भएको थियो ।