काठमाडौं, ३० वैशाख । समसामयिक विषयमा छलफल गर्नका लागि यतिखेर नेकपा एमालेको स्थायी कमिटीको बैठक बसिरहेको छ ।
बहुमत जुटाई नयाँ सरकार गठन गर्ने समय सीमाको अन्तिम दिन आज एमाले अध्यक्ष एवं कामचलाउ प्रधानमन्त्री केपी शर्मा ओलीले पार्टीको स्थायी कमिटी बैठक बोलाएका हुन् ।
ओली पक्ष नेपाल –खनाल पक्षलाई फकाएरै भए पनि पुनः सत्ता टिकाउने प्रयासमा लागेको देखिन्छ । उता एमालेमा असन्तुष्ट खनाल–नेपाल पक्षले आजै राजीनामा बुझाउने तयारीमा छन् । यदि यसो भएमा विपक्षी गठबन्धनलाई सरकार बनाउन सहयोग पुग्ने छ । बैठकपछि ओलीले नेपाल पक्षसँग वार्ता गर्ने सम्भावना रहेको स्रोतले दाबी गरेको छ ।